काठमाडौं, भदौ ९ । पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । शाहको यो एक्शनलाई लिएर सर्वसाधरणले बलिउड फिल्न नायकका अभिनेता अनिल कपुरसँग तुलना गरिरहेका छन ।
गत बैशाखमा सम्मपन्न स्थानीय तह निर्वाचनमा पूराना भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले लगायतका दलका उम्मेदवारलाई भारी मत अन्तरले पराजित गर्दै बालेन मेयरमा निर्वाचित हुनुभएको थियो ।
कांग्रेस एमाले लगायतका दलहरुले जनताको अपेक्षा बमोजिम महानगरमा काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहँदा शाहले नगरबासीको मन जित्नुभएको थियो । तर, निर्वाचित भएको चार महिना भइसक्दा मेयर शाहबाट उल्लेख्य कार्यसम्पादन नभएको भन्दै आलोचना भयो । फोहोरको डंगुरले काठमाडौंमा हैजा फैलियो ।
केही दिन अघिसम्म काठमाडौंका चोक र सडकमा फोहरको डंगुर थुप्रिएको थियो जसको व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको चर्को आलोचना भइरहेको थियो ।
काठमाडौं, धरान र धनगढीसहितका कतिपय मुख्य सहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको र आगामी निर्वाचनमा पनि स्वतन्त्रहरुको पल्ला भारी हुने चर्चा जारी रहँदा काठमाडौंका मेयर शाहको कार्यसम्पादन कमजोर देखिएको थियो । यसअघि काठमाडौंमा यति लामो समय फोहरको समस्या भोग्नु नपरेको भन्दै भन्दै नगरबासीले शाहको आलोचना गरिरहेका थिए ।
धरानबासीलाई पानी खुवाउने नारा दिएर धरान उपमहानगरमा निर्वाचित हर्क साम्पाङ भने निर्वाचन अघि भन्दा अहिले चर्चाको शिखरमा रहनुभएको थियो । श्रमदान गरेर चर्चामा रहेका साम्पाङले शाहमाथि सामाजिक सञ्जालबाट बेलाबेला शब्दबाण प्रहार गरिरहनु भएको छ ।
तर, पछिल्लो २४ घण्टामा काठमाडौंका मेयर शाह यस्तो रुपमा देखा परे जसले गर्दा बालेनको यसअघि कमजोर जस्तो देखिएको कार्यसम्पादन बलियो देखिएको छ ।
सामाजिक सञ्जालमा उहाँ अहिले हटकेक बन्नुभएको छ । चुनाव अघि जस्तै अहिले चोक, चियापसल, सामाजिक सञ्जालमा उहाँकै चर्चा छ ।शाहले बलिउड फिल्म नायकको शैलीमा भटाभट काम गरेको भन्दै यस्तै कामको अपेक्षा नगरबासीले गरेको र त्यसलाई शाहले पूरा गर्ने संकेत गरेको भन्दै प्रशंसा भइरहेको छ ।

सरकारी पारामा हुने गरेको कामकाबीच मेयर शाह एकाएक नायक शैलीमा छाउनु भएको छ । काठमाडौमा पार्किङको समस्या छ । तर व्यापारीक प्रयोजनका लागि बनेका भनवहरुले भने पार्किङका लागि अनुमति पाएका स्थानमा व्यवसाय सञ्चालनका लागि भाडामा लगाइरहेका थिए । जसलाई शाहले तोडेका छन् । ३५ दिन अघि सूचना जारी गरेका उनले ३६ औं दिनदेखि डोजर लिएर मैदानमा उत्रिनुभयो । कानुन विपरित भएका संरचनामा उहाँले डोजर चलाउनु भएको छ जसको यतिबेला वाहवाही भइरहेको छ ।
बालेनमा जसरी भए पनि काम गर्नु पर्ने चुनौती थियो किनकी उहाँमाथि नगरबासीले विकासको अपेक्षा गर्दै मत खन्याएका थिए । बालेनले आफूलाई कमजोर नदेखाउनका लागि पनि केही गरेर देखाउनु पर्ने चुनौती थियो जसलाई उहाँले डोजरको सहायतले केही गरेर देखाउने हुटहुटी रहेको देखाउन खोज्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्