जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार २०:१८

नेकपा एसमा ठूलो बिद्रोहको संकेत, चार पूर्वमन्त्रीले गरे पार्टी स्थापना दिवस नै बहिष्कार


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीको पहिलो स्थापना दिवसमै चार पूर्वमन्त्रीले बहिष्कार गरेका छन । सो पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदा उपाध्यक्ष र सचिवसमेत रहेका सहित चारै जना पूर्वमन्त्रीले बहिष्कार गरेका हुन ।

काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा बिहीबार भव्य कार्यक्रम आयोजना हुँदा चार जना पूर्वमन्त्रीहरू भने देखिएनन् । नेकपा एमालेबाट विद्रोह गरेको भन्दै सत्तामा जानका बनेको नेकपा एसले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।

सोही आधारमा आज स्थापना दिवस मनाउँदा अध्यक्ष माधव नेपालसँग सम्बन्ध तोडेका चारै जना पूर्वमन्त्री देखिएनन । कार्यक्रममा उपाध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री बिरोध खतिवडा, सचिवसमेत रहनुभएकी पूर्वमन्त्री रामकुमारी झाँक्री तथा नेताहरु प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवसलाई नै बहिष्कार गरी बिद्रोहको संकेत दिनुभएको छ ।