काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिकाले सरकारी कार्यालय र भवनमाथि नै एक्शन सुरु गरेको छ । महानगरले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको हो ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

महानगरपालिकाले राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्