जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १८:१५

बागमती भाइको म्युजिक भिडियो सार्वजनिक


ललितपुर, १० भदौ । सुन्दर श्रेष्ठ (बागमती भाइ) को नेपाल भाषाको म्युजिक भिडियो ऐ ! मयजु आज ललितपुरमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । बागमती भाइद्वारा लिखित सफल प्रेम कथामा आधारित म्युजिक भिडियोको वरिष्ठ संगीतकार धनबहादुर गोपालीले लोकार्पण गर्नुभएको हो ।

नेवा साधना कला केन्द्रको आयोजनामा भएको कार्यक्रममा गीतको म्युजिक भिडियो केन्द्रको युट्युव च्यानलमा राखिएको छ । गीतको लेखन बागमती भाइले गर्नुभएको हो । म्युजिक भिडियोको कम्पोजर तथा एरेन्जरमा जुगल डंगोल रहनुभएको छ । गायकमा शतिश महर्जन र गायिकामा शुद्धलक्ष्मी श्रेष्ठ हुनुहुन्छ । म्युजिक भिडियोको निर्देशन राम श्रेष्ठले गर्नुभएको छ ।

म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ नायक र आकृति महर्जन नायिकाको भूमिकामा हुनुहुन्छ । सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार गोपालीले संगीतको क्षेत्र जति सिकियो उति सिक्न बाँकी हुने अनुभव सुनाउँदै सार्वजनिक म्युजिक भिडियो स्तरीय रहेको बताउनुभयो ।

नेपाल भाषाको चलचित्रको पहिलो निर्देशक एवं रंग पत्रकार विजयरत्न अंशबरे, नेपाल भाषाका विज्ञ पौभा सायमीलगायतले सार्वजनिक म्युजिक भिडियोको विभिद् पक्षका विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा म्युजिक भिडियो निर्माणमा सहयोग गर्ने सम्पूर्ण टिमका सदस्यहरूलाई मायाको चिनो वितरण गरिएको थियो ।