काठमाडौं, भदौ ११ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको छ।
एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको हो।
बैठकपछि एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिल्लाको सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति बैठकले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको बताउनु भयो ।
‘एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला कमीटीले सिफारिस गर्ने निर्णय भएको छ। सिफारिसको अन्तिम निर्णय केन्द्रले गर्छ,’ उपमहासचिव गुरुङले भन्नुभयो ।

यस्तै, बैठकले उम्मेदवारको छनोट मापदण्ड तोकेको छ। पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चिचता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको छ।














प्रतिक्रिया दिनुहोस्