जनता टाइम्स

११ भाद्र २०७९, शनिबार १७:०२

फेसबुक र अनलाइनमा उम्मेदवारी घोषणा गर्नेमाथि एमालेको लगाम, उलंघन गरे आएको सिफारिश पनि रद्ध गरिने


काठमाडौं, भदौ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेदवार घोषणा गर्दै नहिड्न निर्देशन दिनुभएको छ ।

चुनाव नजिकिएसँगै हरेक ब्यक्ति सामाजिक सञ्जाल र अनलाइनमार्फत उम्मेदवार बन्दै हिडेपछि आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले आफैले आफैलाई उम्मेदवार घोषणा गर्नेहरुको टिकट पाउने अवस्था भएपनि नदिने प्रष्ट संकेतसमेत दिनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले यस प्रवृतिले आम कार्यकर्तामा अराजकता र निराशा दुवै बढ्ने भन्दै सचेतसमेत गराउनु भएको छ ।

अध्यक्ष ओलीले आफैं उम्मेदवार घोषणा गर्दै हड्निु भनेको बेहुला बेहुलीको ठेगान नहुँदै भोज खाँदै हिडे जस्तो हुने बताउनुभयो ।
उहाँले पहिलो पटक मतदान गर्न लागेका युवाहरुलाई विशेष ध्यान दिन पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभएको छ । ‘पहिलो भोट देश बनाउने पार्टी एमालेलाई दिनु पर्दछ भनेर सबैलाई सम्झाउनु पर्दछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।