जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार ११:५३

दिल्लीको तिहाड जेलका बन्दीको पेटमा ५ वटा मोवाइल देखियो, अब कसरी निकाल्ने ?


एजेन्सी, १३ भदौ । दिल्लीस्थित तिहाड जेलमा बन्दी एक कैदीको पेटमा एक वा दुई होइन पाँच वटा मोबाइल रहेको देखिएको छ । अचम्म नलाग्ने कुरै भएन ! हो, कारागारभित्र सो फाने बेचेर पैसा कमाउन चाहन्थे ।

तर पैसाको लोभमा पेटभित्र निलेर ल्याइएका यी फोन निकाल्न नसकेर अब उनको ज्यान नै जोखिममा परेको छ । कैदीले पेटमा रहेका यी फोन बाहिर निकाल्न सकिरहेका छैनन् । कारागार प्रशासनलाई अब कैदीको ज्यानमा कुनै खतरा ननिम्त्याई ती फोन कसरी निकालेर जफत गर्ने भन्ने आपत आइलागेको छ ।

यो चकित पार्ने घटना तिहाड जेल नं जहाँ उच्च सुरक्षाका साथ बन्दी बनाइएका कैदीको पेटमा ५ वटा मोबाइल भेटिएको हो । हत्या र डकैती मुद्दामा थुनामा रहेका यी कैदी केही दिनअघि अदालतको पेशी सुनुवाईको मितिमा जेलबाट निस्केका थिए ।

जहाँबाट उनी ५ वटा मोवाइल निलेर जेल पुगेका हुन् । कारागारको प्रवेशद्वारमा कैदीहरूको सुरक्षाका लागि तैनाथ टीएसपीले खानतलासी गरेको थियो। जहाँबाट उनी सफलतापूर्वक उम्केका थिए । यसपछि जेलभित्र पसेपछि उनले पेटभित्र रहेको मोबाइल निकाल्ने प्रयास गरे । तर सकेनन्।

मोबाइल ननिस्केपछि उड्यो होस्
धेरै पटक प्रयास गरे पनि पेटबाट मोवाइल ननिस्केपछि कैदी निकै डराए र आफैले जेल प्रशासनलाई भने । उनको कुरा सुनेर जेलका अधिकारीले ठट्टा सम्झिएर खित्का छाडेर हाँसेका थिए । तर कैदीले पेट समातेर बारम्बार कारागार प्रशासनलाई एउटै कुरा दोहोर्याएपछि कारागार प्रशासनले उनको पेटको एक्सरे गरेको थियो । एक्सरेमा उनको पेटमा मोबाइल जस्तो तस्बिर देखिएको चिकित्सकले पुष्टि गरेका थिए । जसको संख्या ५ छ । यी किप्याड भएका साना फोनहरू हुन्। यो सुनेर जेल अधिकारी मात्रै होइन डाक्टरहरु पनि अचम्मै परेका थिए । मान्छेले यति धेरै फोन कसरी निल्न सक्छ ?

यति धेरै फोन कसरी निकाल्ने ?
अहिले कैदीको पेटमा रहेका यी फोनलाई जतिसक्दो चाँडो पेटबाट निकाल्नका लागि विज्ञहरूसँग परामर्श भइरहेको छ । यसअघि पनि तिहाड जेलमा यस्ता केही घटना बाहिर आएका थिए ।

जसमा कैदीको पेटमा फोन फेला परेको भएपनि तिनको नम्बर एउटै थियो । तिहारमा मात्र नभई देशको कुनै पनि जेलमा यस्तो घटना यसअघि कहिल्यै नआएको स्रोतले बताएको छ । जसमा एक कैदीले तस्करीका लागि ५ वटा फोन निलेका छन् ।