काठमाडौं, भदौ १५ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र समितिले बयान लिन सुरु गरेको हो ।
समितिले जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाएको छ । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न नै ढिलाइ भएको थियो ।
आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुग्नुभएको थियो । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको छ । आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ ।
सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ । यद्यपी बार अध्यक्ष आफैले सो प्रमाणको बिषयमा दोहोरो कुरा गरेको तथ्य बाहिर आएको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध सांसदहरुले जवराबिरुद्ध महाअभियोग दर्ता गरेको ६ महिनापछि बल्ल काम अघि बढेको थियो ।













प्रतिक्रिया दिनुहोस्