जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १४:१२

ओलीको स्वागतमा धनगढी बिमानस्थलमै आइपुगे मेयर हमाल


धनगढी, भदौ १५ । महेन्द्रनगरमा नेकपा एसका दुईजना केन्द्रीय सहित हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुग्नु भएको छ ।

अध्यक्ष ओली केहीबेर अघि मात्र धनगढी अवतरण गर्नुभएको हो । धनगढीबाट सडक मार्ग हुँदै उहाँ महेन्द्रनगर जानुहुनेछ । महेन्द्रनगरमा आयोजित कार्यक्रममा एसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बीना बुढाथोकी, केन्द्रीय सदस्य एवं प्रदेश साँसद तारा लामा,प्रदेश अध्यक्ष बक्रिम शाही लगायतका नेताहरु आज एमालेमा प्रवेश गर्दै हुनुहुन्छ ।

उहाँहरुको स्वागतका लागि अध्यक्ष ओली सुदुरपश्चिम आउनु भएको हो । ओली धनगढी आइपुग्दा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसमेत स्वागतका लागि बिमानस्थल पुग्नुभएको छ ।