जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार १५:५०

कास्की–१ मा गगनको दृष्टि, एक तीर, दुई सिकार !


कास्की, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गर्नु भएको हो ।

२०७० र २०७४ सालमा काठमाडौं–४ बाट निर्वाचित हुनुभएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । यसअघि २०७४ को निर्वाचनमा काठमाडौं –४ बाट जित्न समस्या भएपछि निर्वाचनको दुईदिन अघि आफैले बम विस्फोट गराएर घाइते भएको नाटक गर्नु परेको थियो ।

यसपटक आफ्नै पार्टीका कार्यकर्ताको पनि चर्को आलोचन भइरहेको समयमा उनको कास्कीबाट सिफारिस हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ । उनले कास्कीबाट उम्मेदवारको सिफारिस गराएर पार्टीमा दवाव सृजना गर्न खोजेको कतिपयको बुझाई छ । उहाँले आफूलाई आगामी प्रधानमन्त्रीका रूपमा प्रचार गरिरहनु भएकाले काठमाडौंमा ब्यापक अन्तर्घातको सम्भावना देखिएको छ ।

कास्कीबाट उम्मेदवार भएर जित्न सके काँग्रेसमा सर्वस्वीकृत राष्ट्रिय नेताको छवि बन्ने र देउवापछि पार्टीको नेतत्व हत्याउन पनि यसले सघाउने उहाँको भित्री विश्वास रहेको बताइन्छ । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले देशब्यापी उम्मेदवार सिफरिस गर्न तल्ला समितिलाई निर्देशन नै दिएको छ ।