सिन्धुली, भदौ १५ । चुनावको मिति नजिकिँदै जाँदा पुष्पकमल दाहाल प्चण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रप्रतिको मोह भंग हुने क्रम ह्वात्तै बढेको छ ।
माओवादी प्रचण्डको प्राइभेट कम्पनी र नेपाली कांग्रेसको नीति बिचार र सिद्धान्तमा बिलय भएको निश्कर्षसहित चर्चित नेताहरुले पार्टी छाडने क्रम बढेको हो । यही क्रममा सिन्धुलीका केन्द्रीय सदस्य र जिल्ला संयोजन नै आज माओवादी परित्याग गरी नेपापा एमाले प्रवेश गरेका छन ।

माओवादी केन्द्रीय सदस्य मिथिला फूयाल, जिल्ला संयोजक एवं भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहेका रामकुमार पौडेल, मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकी लगायत तीन सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभयो । उहाँहरुलाई एमाले माहासचिव शंकर पोख्रेलले स्वागत गर्नुभएको छ ।
पार्टी प्रवेश गर्दै नेताहरुले माओवादीबाट अव मुलुकको अवनतिबाहेक अरु केही हुन नसक्ने निश्कर्ष सुनाउनु भयो ।














प्रतिक्रिया दिनुहोस्