काठमाडौं, १६ भदौं । संसदको महाअभियोग सिफरिस समिति समक्ष निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवाराको दोश्रो दिनको बयान दुई घण्टामै सकिएको छ । दुई घण्टामा दुईवटा प्रश्नको जवाफ दिनुभएका जवरालाई आइतबार पनि बयानका लागि बोलाइएको छ ।
स्व. प्रदीप गिरीको श्रद्धाञ्जली सभामा जानु पर्ने भएकाले आज दुई प्रश्नमात्र सोधिएको नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले बताउनुभयो । समितिले तयार पारेको ४४ वटा प्रश्न मध्ये बुधबार र बिहीबार दुई दिनमा जम्मा ६ प्रश्न मात्र सोधिएको छ । बुधबार चार प्रश्न गरिएको जवरालाई बिहीबार दुई प्रश्न मात्र सोधिएको हो ।
बिहीबारको बयानमा जवराले पटक–पटक समिति र संसदलाई नै उल्टो प्रश्न गर्नु भएको थियो । ‘आजको प्रश्न अलि लामो खालको र जवाफ पनि वाख्यात्मक किसिमकै आएकाले ढिला भएको हो । आइतबारदेखि अलि चाडै हुन्छ’ सांसद विश्वकर्माले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्