जनता टाइम्स

१७ भाद्र २०७९, शुक्रबार १९:०३

उदयपुरमा एकै परिवारका ३ जनाको बिभत्स हत्या, नातेदार नै संलग्न रहेको खुलासा


उदयपुर, भदौ १७ । उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलका नगरपालिका ७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजन बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले नातामा दाई पर्ने ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास खनालका अनुसार स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको हो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।