जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १५:३२

एमाले महासचिव पोखरेल दाङ २ बाट प्रतिनिधिसभामा एकल उम्मेदवार सिफारिस


दाङ, भदौ १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस हुनुभएको छ ।

आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनका अनुसार बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउँदै जिताउने अठोट पनि गरेको छ । एमाले महासचिव पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोक्नुभएको थियो ।