काठमाडौं, भदौ २० । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कानून पालना गराउँदा सुरक्षागार्डलाई पक्राउ गराएको घटनालाई लिएर पर्यटनमन्त्री जीवनराम श्रेष्ठप्रति कडा आक्रोश पोख्नुभएको छ । भट्टराईले लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिनु परेको भन्दै यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधीरुयो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान ? ‘ भट्टराईले भन्नुभएको छ ।
पर्यटनमन्त्री श्रेष्ठले लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड शेरजंग गुरुङलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीसहित दलबल लिएर पुग्नुभएको थियो । एउटा कार्यक्रमका लागि मन्त्रालयका ६र७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि त्यहाँ पुग्नुभएको हो ।
‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उहाँहरुलाई लाइनमा आउन भन्नुभएको थियो । एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेपछि सुरक्षागार्डले रोक्दा विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्