जनता टाइम्स

२० भाद्र २०७९, सोमबार १३:११

भावी प्रधानमन्त्री बनाउने अठोटसहित एमालेले गर्यो केपी ओलीको एकल नाम सिफारिश


झापा, भदौ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिश हुनुभएको छ ।

एमाले झापा ५ नम्बर क्षेत्रीय कमिटीको आज बसेको बैठकले मुलुकको भावी प्रधानमन्त्री अध्यक्ष ओली नै हुनुपर्ने ठहरसहित एकल नाम सिफारिश गरेको हो ।

क्षेत्रीय कमिटीका संयोजक तुल्सी कार्कीले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार अध्यक्ष ओलीलाई प्रतिनिधिसभा निर्वाचनमा एकल उम्मेदवार बनाउने निर्णयसहित ओलीकै नेतृत्वमा मुलुक समृद्ध बनाउने सपना साकार हुने ठहर बैठकले गरेको छ ।

‘मुलुक र जनताको चाहना पूरा गर्नका लागि फेरि एकपटक केपी ओलीले नै नेतृत्व गरेको सरकार बन्नुपर्छ भन्ने निश्कर्षसहित उहाँको एकल नाम सिफारिश गरिएको हो,’ संयोजक कार्कीले जनताटाइम्स डटकमसँग भन्नुभयो ।

भर्खरै दमकमा सम्पन्न बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिश गरेको हो ।