काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको जारी बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि दफावार छलफल भइरहेको छ । कांग्रेस र एमालेका सांसदले भने प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्तासँगै सकिनुपर्ने प्रस्ताव गरेका छन् । संशोधन प्रस्ताव दर्ता गरेका सांसदहरु बोलिरहनुभएको छ ।
जसअनुसार एमालेका शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, एमाले प्रमुख सचेकतसमेत रहनुभएको विशाल भट्टराईले विधेयकमाथि धारणा राख्दै संशोधन प्रस्ताव पेस गर्नुभयो ।
सो क्रममा सरकार र सत्तारुढ दलप्रति उहाँले आक्रमक रुपमा अभिव्यक्ति दिनुभयो । एक्लै चुनाव लड्न गठबन्धन आवद्ध दललाई चुनौती दिँदै उहाँहरुले गठबन्धनप्रति टिप्पणी गर्नुभयो । बालुवाटारमा गठबन्धनको बैठक बसेकोप्रति आपत्ति जनाउँदै खर्च राज्यकोषले व्यहोर्नुपरेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्