जनता टाइम्स

२१ भाद्र २०७९, मंगलवार १९:०३

इलाममा मोटरसाइकल चालकको मृत्यु


इलाम, २१ भदौ । इलामको रोङ गाउँपालिका–४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ ।

आज ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन । मे४प ८३५५ नम्बरको मोटरसाइकलले मे१ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।