जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ०८:५४

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्धको बलात्कारको जाहेरीमा के छ ?


काठमाडौं,२२ं भदौ । नेपालका सेलिब्रेटी एकपछि अर्को बलात्कारको संगिन आरोपमा फसिरहेका छन् । अभिनेता पल शाहलाई बलात्कारकै आरोपमा साढे दुई वर्ष सजाय सुनाएकै दिन अर्का सेलिब्रेटी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नावालिकले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी छन् ।

काठमाडौंको मध्यवानेश्वरस्थित होस्टलमा बस्ने १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरी बृतमा जाहेरी दर्ता गराएकी हुन् । पीडित युवती लामिछानेको फ्यान रहेको र लामिछानेले उनलाई केन्या जानसभन्दा अघिल्लो दिन पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर दुई पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित किशोरी लामिछानेको फ्यान भएकाले उनीहरूबीच स्नापच्याटमा कुरा हुने गरेको जाहेरीमा उल्लेख गरको प्रहरीले जनाएको छ । स्नापच्याटमा हेर्नेवित्तिकै म्यासेज आफै डिलिट हुन्छ ।

सो दिन साँझ लामिछानेले उनलाई मध्यबानेश्वर लिन गएको र उनकै कारमा बसेर भक्तपुर घुमेको बताइएको छ । पीडितले होस्टल बन्द हुन्छ रातिभन्दा एकछिनएकछिन भन्दै अबेर बनाएर होटलमा बस्ने प्रस्ताव गरेको पीडितको जाहेरीमा बताइएको छ । पीडित दुईओटा कोठा लिन अनुरोध गर्दा नमानेर एउटै कोठामा सुतेका र लठ्याएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी श्रोतले जनाएको छ ।

पीडितको स्वास्थ्य जाँच गरेर मंगलबारदेखि नै अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरी श्रोतकाअनुसार सो दिन पीडित किशोरी लामिछानेसँगै बसेको भने पुष्टि भइसकेको छ । लामिछाने २५ वर्षका छन् ।