काठमाडौं, २२ भदौ । क्यारेवियन लिग खेल्न वेष्टइन्डिजको जमैकामा रहेका छन् । संन्दीपविरुद्ध एक किशोरीले बलात्कारको अभियोगमा काठमाडौंको गौशाला प्रहरी वृतमा किटानी जाहेरी दिएकी छन् ।
उनीविरुद्ध अनसन्धान सुरु भइसकेको छ । किशोरीको हिजै (मंगलबार) स्वास्थ्य परीक्षण गराएर प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
प्रहरी प्रवत्तला डीआईजी टेकप्रसाद राईले भन्नुभयो, ‘अनुसन्धानपछि अनुसन्धान अधिकृतले तत्काल पक्राउ गर्नुपर्ने छ वा छैन, घटनाको अध्ययन गरेर निष्कर्ष निकाल्छन् । त्यसपछि पक्राउ पुर्जी जारी गरेर थप प्रक्रिया अगाडि बढ्छ ।’
सन्दीप विदेशमा रहेकाले दुई देशका सरकार वा प्रहरीसँग सम्वन्य गर्न सकिने र त्यसबाट सम्भव नभए इन्टरपोलबाट रेड नोटिस जारी गरेर भए पनि पक्राउ गर्न सकिने प्रवक्ता राईले बताउनुभयो । आफूविरुद्ध जाहेरी परेको बुझेपछि सन्दीप आफैले आत्मसमर्पण गरे अन्य प्रकृया अघि बढाउन नपर्ने प्रहरीले जनाएको छ ।
उनले लुकेर, भागेर भन्दा आत्मसमर्पण गर्नु नै उत्तम हुने कानुन व्यवसायीको राय छ ।













प्रतिक्रिया दिनुहोस्