काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर –४ गते हुँदैछ । मंसिर –४ आउन अझै दुई महिना बढी समय बाँकी छ, तर काठमाडौं –४ मा अलि पहिलेदेखि चुनाव लागेको छ । २०७४ को निर्वाचनमा बम पड्किएर घाइते भएको नाटक गरेर पनि मात्र ३ हजार मतले जितेका काँग्रेस महामन्त्री गगन थापा आसन्न निर्वाचनमा हारको डरले अहिले नै थरथरी हुनुभएको छ ।
गएको स्थानीय निर्वाचनमा गठबन्धन हुँदा पनि वडागत मतको हिसाव गर्दा एमालेले उछिनेपछि उहाँले मतदाताप्रति नै अविश्वासको झमेला झिक्नुभएको छ । केही दिनअघि काठमाडौं –४ का काँग्रेसले जिल्ला निर्वाचन कार्यालय घेराउ गरी करिव हजार बढी मतदाता हटाउन दवाव दिएका थिए । काग्रेसले एमालेका मतदाता छानीछानी नक्कली मतदाता भएको उजुरीसमेत गरेको छ ।
गत स्थानीय निर्वाचनको वडागत मतको हिसाव गर्दा काँग्रेसलाई एमालेले ७५५ मतले उछिनेको देखिएको छ । त्यसपछि गगन थापा छटपिएर मतदाताप्रति अविश्वास गर्न थाल्नु भएको एमालेको आरोप छ । काठमाडौं –४ बाट गगन दुई पटक प्रतिनिधित्व गरिसक्नुभएको छ । २०७० मा एमालेका निर्मल कुँइकेललाई १३ हजार बढी मतलेपछि पारेर निर्वाचित हुनु भएका गगन २०७४ मा निकै सकसपूर्ण ढंगले अनेको तिकडम गरेर मात्र तीन हजार मतले निर्वाचित हुनु भएको थियो ।
गगनको क्रेजको ग्राफ निरन्तर ओरालो यात्रामा छ काठमाडौं–४ मा अहिले त झन काँग्रेसबाटै उनी सर्वसम्मत उम्मेदवार हुन नसक्ने अवस्थामा पुग्नुभएको छ । पार्टीको महामन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री पद नै ताकेको अभिव्यक्ति दिन थालेपछि त झन काँग्रेसभित्रै उहाँको विरोध सुरु भएको छ । यसले उहाँमाथि ब्यापक अन्तर्घात हुने खतरा पनि छ । सो क्षेत्रबाट एमालेले डा. राजन भट्टराई नै उम्मेदवार बनाउने प्रायः निश्चित छ ।
काठमाडौं महानगरको –४ वटा र बुढानिलकण्ठ नगरपालिकाको ७ वटा वडा मिलेर काडमाडौंको निर्वाचन क्षेत्र – ४ बनेको छ । बुढानिलकण्ठ नगरपालिका नगरपालिकामा एमालेले जितेको छ । यसमा पनि सबैभन्दा बढी मतदाता रहेको कपनका तीन वटामा तीनै वटामा एमाले अत्याधिक मतले विजयी भएको छ । यही वडाका मतदातामा गगनको आँखाँ छ र यसै वडाका मतदातालाई उनीहरूले फर्जी भएकोभन्दै उजुरी हालेका छन् ।
काग्रेसले झिकेको फर्जि मतदाताको लफडा सम्वन्धमा सो क्षेत्रका सम्भावित एमाले उम्मेदवार डा. राजनभट्टराई भने काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका साथीहरुबाट विभिन्नखालको लफडा निकाल्न खोजिँदैछ। त्यहाँ हाम्रा साथीहरुले छुट भएका मतदाताहरुको नाम दर्ता गराउनुभएको थियो । थपिएका मतदाताका बारेमा यी सक्कली होइनन् भनेर अनावश्यक ढंगले विषय बनाएर निर्वाचन आयोगबाट मतदाताहरुलाई फोन गराएर लफडा गरिँदैछ।
उहाँ भन्नुहुन्छ ‘करिब ७–८ सय मतदातालाई त्यसो गर्न खोजिएको थियो। अस्ति हाम्रा स्थानीय साथीहरु निर्वाचन कार्यालयमा जानुभएको थियो। त्यसको भोलिपल्ट मैले प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त ज्यूहरुसँग डेलिगेसनमा संयुक्त रुपमा भेटेर यस्तो विववाद नगरौं भनें।
तपाईहरुले मतदातालाई बढी भन्दा बढी सहभागिता गराउने गरी पढाउनुपर्ने हो, मतदाता भइसकेका मानिसहरुलाई तिमीहरु हौ कि होइनौ भन्दै आतंकित गराउने कार्य किन गरेको भनेपछि उहाँहरुले यसमा उचित निर्णय गरिसकेका छौं भन्नुभएको छ। उहाँहरुले जायज मतदाताहरु छुट्दैनन् भन्नुभएको छ।’













प्रतिक्रिया दिनुहोस्