जनता टाइम्स

२३ भाद्र २०७९, बिहीबार १३:५५

सिट बाँडफाँटका लागि ३ बजे बस्दै गठबन्धन बैठक, सहमति जुटाउन अझै सकस


काठमाडौं, २३ भदौ । सत्तारुढ पाँचदलीय गठबन्धनको शीर्ष नेताहरुको बैठक ३ बजे बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी तय भएको बैठक दुई घण्टा सरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटका लागि सहमतिको खाका बनाउन कार्यदलको बैठक जारी रहेकाले शीर्ष नेताको बैठक सारिएको कार्यदलका सदस्य रामसहायप्रसाद यादवले जानकारी दिनुभयो ।

कार्यदलमा निर्वाचन क्षेत्रबारे अझै कुरा मिल्नसकेको छैन। त्यही सहमति नजुटेको विषयलाई शीर्ष नेताहरुसहित कार्यदलको बैठक बसेर सिट बाँडफाँट गर्ने तयारी छ । कार्यदलले ठोस सहमति जुटाउन नसकेको विषयलाई शीर्ष नेताहरु बसेर सहमति गराउने अन्तिम प्रयास गरिने बताइएको छ ।