काठमाडौं, २३ भदौ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै रुख चिन्हबाहेक अन्य चिन्हमा भोट नहाल्ने अग्रिम जानकारी गराउनुभएको छ । जिल्ला सभापतिहरूको तर्फबाट काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले बिहीबार सो ज्ञापनपत्र बुझाउनुभएको हो ।
कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रूख भन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराइएको अधिकारीले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने भइहाल्छ, भइहाल्छ भनेको उहाँले बताउनुभयो।
सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी पार्टी सभापति देउवा अन्योलमा परेको श्रोतले बताएको छ । ज्ञापनपत्रमा १३ जिल्लाका सभापतिहरूले हस्ताक्षर गर्नु भएको छ ।
गठबन्धन भएमा बागमति प्रदेशमा काँग्रेसले चितवन–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट– १, ललितपुर–१ गठबन्धनका अन्य दलहरूलाई छाड्नुपर्नेछ।













प्रतिक्रिया दिनुहोस्