जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार ०७:१६

नेपाली सेनाले ठूलो संख्यामा भर्ना खोल्यो(हेर्नुहोस् सूचना)


काठमाडौं, २४ भदौ । नेपाली सेनाले ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । रिक्त चार हजार दरवन्दीमा नेपाली सेनाले यसरी नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ ।

आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको हो ।