विराटनगर, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउन एमालेलाई भोट दिनुपर्ने बताउनुभयो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई भोट दिएर देश बचाउन आग्रह गर्नुएको हो । मंसिरको निर्वाचन देशको भाग्य र भविष्य फैसला गर्ने निर्वाचन भएको भन्दै विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो ।
उहाँले देश भयावह अवस्थामा भएको उल्लेख पनि गर्नुभयो । ‘अहिले देश भयावह स्थितिमा छ। यदि हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ । लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ ओलीले अघि भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।’
अहिले सरुवा भ्रष्टाचार, बढुवा, नियुक्ति, व्यापार, लाइसेन्स जे कुरामा पनि भ्रष्टाचार हुन थालेको उहाँले बताउनुभयो । उहाँले सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको बताउनुभयो । उहाँले थप्नुभयो,‘अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ ।’













प्रतिक्रिया दिनुहोस्