जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १०:५६

माधवको पार्टी छाडने क्रम जारी : एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई


काठमाडौँ, भदौ २६ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई नेकपा एमालेमै फर्किनु भएको   उहाँआज बिहान एमाले अध्यक्ष केपी शर्माको निवास भक्तपुरको बालकोट पुगेर एमालेमै फर्किनु भएको हो

एमाले उपाध्यक्ष विष्णु पौडेल युवा उद्यमी शशी पौडेलसँगै बलकोट पुगेका डा चापाई अबको दिनमा एमालेको नीति, बिचार सिद्धान्तबोकेर हिड्ने बताउनु भयो उहाँले समाजवादीका नाममा एक वर्ष खेर गएको कटु तथ्य पनि राख्नुभयो सो क्रममा अध्यक्ष ओलीलेचापागाईलाई एमालेमा स्वागत गर्दै नेपाली जनताको समृद्धिकत्र सपना पूरा गर्ने अभियानमा लाग्न आग्रह गर्नुभयो

चापागाई समाजवादीको रुपन्देही जिल्ला इन्चार्ज केन्द्रीय अर्थ तथा योजना बिभागको उपप्रमुखसमेत रहनु भएको थियो चापागाईप्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत हुनुहुंछ