जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १४:३०

गठबन्धन सिट बाँडफाँडमा अझै लफडा, बालुवाटारको बैठकले निकालेन निचोड


काठमाडौं, २६ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आज बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँड टुंग्याउन सकेन । आज नटुंगिएपछि भोली बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उहाँले जानकारी दिनुभयो । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिनुभएको खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताउनुभयो ।

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा भोली बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । भोलीको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उहाँको दाबी छ ।