जनता टाइम्स

२६ भाद्र २०७९, आईतवार १७:२२

देशले शोक मनाइरहेका बेला सभामुखको रात्रिभोज !


काठमाडौं, २६ भदौ । बेलायतकी महारानी एलिजावेथ द्वितियको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । तर सभामुखले भने यही अवधिभित्रै होटल सोल्टीमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले भने चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुको सम्मानमा होटेल सोल्टीमा सोमबार साँझ रात्रिभोज आयोजना गर्नुभएको हो ।

सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चिनिया जनकंग्रेसका अध्यक्ष ली सोमबारदेखि तीनदिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ राष्ट्रपति सी चिनफिङपछि दोस्रो मर्यादाका चिनिया नेता हुनुहुन्छ ।

महारानीको निधनमा सरकारले शोक मनाउने निर्णय गरेपछि शनिबारका लागि राखेको प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाले चार दिन पछि सार्नुभएको थियो । सभामुख सापकोटाले शोककै कारण संसद् बैठक स्थगित गरे पनि रात्रिभोज भने शोककैबीच राख्नुभएको छ ।