जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १०:२१

आफ्नै ‘खुट्टाको फोटो’ बेचेर महिनाको १२ लाख कमाउने २२ वर्षकी युवती


काठमाडौ, २७ भदौ । अमेरिकाकी २२ वर्षकी युवती डिजायर गेटो एक समय रियलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताइरहेकी थिइन् । यससँगै उनले साइड बिजनेसको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानिसहरुले उनको खुट्टा निकै मन पराउने थाहा पाइन् । उनका खुट्टाको तस्वीरको लागि मानिसहरु ठूलो रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो ।

अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड (साढे १२ लाख नेपाली रुपैयाँ) कमाउने खुलासा गरेकी छिन् । बेलायती अखबार मिररमा प्रकाशित रिपोर्टअनुसार डिजायर इन्स्टाग्राममा निकै लोकप्रिय छिन् ।इन्स्टाग्राममा उनका १.१ मिलियन फलोअर छन् । पछिल्लो समय भने डिजायर ओन्लीफ्यान्समा सक्रिय छिन् र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् ।

यसको लागि उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ । डिजायरले मिररसँग भनिन् ‘एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागि ३ सय डलर अफर गरे । यसका अलावा उनको अरु कुनै माग थिएन ।

पहिले त मैले केही बुझ्नै सकिन पछि थाहा पाएँ कि मानिसहरुमा खुट्टाका विषयमा पनि अनौठो आकर्षण भएको थाहा पाएँ । ’उनले अगाडि भनिन् ‘केही मासिनसहरुलाई खुट्टाको पेडिक्योर हेर्न मन पर्छ, केही मानिसहरुलाई पैतला हेर्ने सोख हुन्छ । केही मानिसहरु मेरो लागि स्टकिङ किनिदिन्छन्, केहीले मेरो खुट्टालाई स्टाइलिस पोजमा हेर्न रुचाउँछन् । खास कुरा यो हो कि यीमध्ये धेरैजसोलाई नग्नताको कुनै पर्वाह हुँदैन । खासमा उनीहरुलाई खुट्टाप्रति मात्रै लगाव हुन्छ ।’

डिजायरले आफ्ना खुट्टाको एक तस्वीरलाई सामान्यतया २५ डलरमा बेच्छिन् । उनका खुट्टाको तस्वीरका साथै भिडियो पनि चर्चामा रहन्छन् । डिजायरले खुट्टाको मसाज गर्दै गरेको भिडियो बनाउँछिन् । यसका अलावा हाइ हिल लगाएको र खोलेको पनि भिडियो बनाउँछिन् । यी भिडियोहरु पनि निकै लोकप्रिय छन् ।

डिजायरका अनुसार उनले अहिलेसम्म पनि मानिसहरु उनका खुट्टा किन मन पराउँछन् भन्ने बुझ्न सकेकी छैनन् ।डिजायरका पार्टनर ४२ वर्षका छन् । उनैले डिजायरका खुट्टाको तस्वीर खिच्छन् । उनले पनि डिजायरको खुट्टा किन मानिसहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् । उनलाई यसमा कुनै गुनासो पनि छैन किनकि यसरी ठूलो कमाइ भइरहेको छ ।