जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १६:०३

राष्ट्रपति भण्डारीद्धारा दुई देशका राजदूतलाई शपथ


काठमाडौं, २७ भदौ । राष्ट्रपति विद्यादेवि भण्डारीले नियुक्त भएका दुई देशका राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।