जनता टाइम्स

२७ भाद्र २०७९, सोमबार १७:४६

गठबन्धनबीच सहमति नजुट्ने सम्भावना बढ्दै


काठमाडौ, २७ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शिर्ष नेताहरूको सिट बाँडफाँडका लागि बैठक चलिरहेको छ । तर, सिट बाँडफाँडमा सहमति जुट्नेभन्दा नजुट्ने सम्भावना धेरै भएको श्रोतले बताएको छ ।

‘शिर्ष नेताहरू द्विपक्षीय र त्रिपक्षीय बैठक गरिरहेका छन् । तर, सहमति जुट्ने सम्भावना देखिदैन । संख्यामा भन्दा एउटै निर्वाचन क्षेत्रमा दुईभन्दा बढी दलको दावी हुँदा अफ्ठ्यारो भएको छ’ श्रोतले भन्यो ।

तर, दलहरू मिल्नु विकल्प नभएमा भने सबै सहमत छन् । एक काँग्रेस नेताका अनुसार काँग्रेसले ८० सिटमै चित्त बुझाउँदा पनि मिलाउन गाह्रो छ । यद्यपी काँग्रेस १०० सिटको अडानबाट पछाडि नहटेको ती नेताले बताउनुभएको छ ।