काठमाडौं, २७ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतासँग सुझाव माग्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नुभएको छ । प्रविधिमैत्री एमाले अध्यक्ष ओली अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेट रहँदै आउनुभएको छ ।
उहाँले आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको विषयमा केन्द्रित भएर जनतासँग सुझाव माग्दै आफूले भिडियो पोष्ट गर्नुभएको छ ।
उहाँले एउटा भिडियो सन्देश जारी गर्दै आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गर्नुभएको हो ।
ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव माग्नुभएको थियो । जसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उहाँको भनाइ छ । फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भन्नुभयो,‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’
https://www.facebook.com/UMLprezKPSharmaOli/videos/634741574712786













प्रतिक्रिया दिनुहोस्