काठमाडौं, २८ भदौ । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल हुनुभएको छ । उहाँले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गर्नुभएको थियो । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल हुनुभएको हो ।
उहाँले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साट्नुभएको छ । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उहाँले लेख्नुभएको छ , सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । उहाँले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गर्नुभएको छ । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।













प्रतिक्रिया दिनुहोस्