जनता टाइम्स

२८ भाद्र २०७९, मंगलवार ११:५०

राजा घोषणा गर्ने समारोहमा चाल्र्स तृतीय ‘रिसाएको’ भिडियो भाइरल


लन्डन, भदौ २८। नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चाल्र्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चाल्र्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो । यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।

क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न इशारा गरेका थिए । कागजातहरू राखेपछि राजा चाल्र्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।