एजेन्सी, २८ भदौ । गुजरातको १८१ हेल्पलाइन नम्बरमा एउटा गुनासो आएको छ, जसले जो कोहीलाई चकित र अचम्ममा पार्छ । एउटी वृद्धाले यो हेल्पलाइन नम्बरमा फोन गरेर यस्तो कुरा भनेकी थिइन् कि सुनेर हेल्पलाइनकी महिला आफै छक्क परिन् । ८७ वर्षीया महिलाले आफू बिरामी भएको र आफ्नो कामुक पतिबाट छुटकारा पाउन चाहेको बताइन् ।
ती महिलाले आफू ८७ वर्षकी भइसकेकी र बिरामी भएको तर ८९ वर्षीय श्रीमानले बारम्बार आफूसँग यौन सम्बन्ध राख्न माग गर्दै आएको बताइन् । हेल्पलाइन अधिकारीका अनुसार महिला र उनका पतिबीच धेरै वर्षदेखि राम्रो सम्बन्ध रहेको तर एक वर्षअघि महिला बिरामी परेकी थिइन् ।
महिलाको अवस्था यति गम्भिर बनेको छ कि अहिले उनलाई ओछ्यानबाट उठ्न, एक ठाउँबाट अर्को ठाउँमा जान समेत गाह्रो भएको छ । छोरा र बुहारीको सहयोगमा मात्रै महिला हिँडडुल गर्न सकेकी छन् । पतिलाई आफ्नी पत्नीको रोग र अवस्थाबारे पूर्ण जानकारी छ। यसका बाबजुद पनि उनी पत्नीलाई सम्बन्ध राख्न दबाब दिन्छन् ।
पटकपटक नमान्दा पतिले आफूसँग झगडा गर्ने र छोरा र बुहारीलाई गाली गर्न थालेको महिलाले बताइन् । पति यति धेरै चिच्याउँथे कि छिमेकीलाई पनि थाहा भयो । आफ्नो कामुक पतिबाट विचलित भएकी महिलाले हेल्पलाइन नम्बर १८१ मा फोन गरेर सहयोग मागेकी थिइन् ।
‘ठीक दुई दिन अघि, हामीलाई महिलाको फोन आयो, त्यसपछि हामी पुरुषको घर पुग्यौं । सबै कुरा सुनिसकेपछि हामीले ती महिलाका पतिलाई बुझायौं कि यसले उनको छवि धमिलिन्छ र तपाईकी बिरामी पत्नी पनि यसले दुखी छिन् ।
अधिकारीहरूले कामुक पतिलाई आफ्नो दिमाग अन्य कुराहरूमा लगाउन आग्रह गरे र योगसँगै वरिष्ठ क्लबमा सामेल हुनुपर्ने बताए । उनले परिवारका सदस्यहरूलाई यौन मनोवैज्ञानिकसँग परामर्शमा लैजान पनि सल्लाह दिए ।
प्रतिक्रिया दिनुहोस्