जनता टाइम्स

३१ भाद्र २०७९, शुक्रबार १३:३६

अटेर गरेपछि महानगरले चलायो बानेश्वरको ‘सूर्य उजेली भवन’मा डोजर


काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका टहरामा डोजर चलाएको छ। आज महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका फुटपाथ मिचेर बनाएका संरचनामा डोजर लगाएको प्रहरीले बताएको छ । बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो ।

महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो । तर, अटेर गरेपछि आज डोजर लगाइएको प्रहरीले जनाएको छ । डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो । यसअघि दिएको ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले टहरा भत्काउने कामलाई तिव्रता दिएको छ ।