जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार १७:४५

घुससहित रंगेहात समातीय मालपोतका नासु र लेखनदास


शुभनारायण कामती, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायव सुब्बा (नासु) र लेखनदासलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगको कार्यालय बर्दीवासको टोलीले आज दिउँसो १ बजेको समयमा सिरहा सदरमुकामस्थित भुमिसुधार तथा मालपोतका एक नायब सुब्बा र एक लेखनदास समेत दुई जनालाई ५ हजार घुससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत करिब ५० वर्षीय नायब सुब्बा मिथिलेश्वर ठाकुर र सिरहाको बरियारपट्टी गाउँपालिका–३ का लेखापढी व्यवसायी करिब ४२ वर्षीय राजवंशी चौधरी रहेका छन ।

मोहीको लागतपट्टा बापत सेवाग्राहीबाट लिइएको घुससहित दुवै जना पक्राउ परेका हुन । अख्तियारका प्रहरी निरीक्षक राजु भन्डारीको नेतृत्वमा आएको टोलीले मालपोतमा छापामारी गर्दा नासु ठाकुर र लेखनदास चौधरीलाई ५ हजार घुससहित पक्राउ गरेका हुन ।