जनता टाइम्स

३१ भाद्र २०७९, शुक्रबार १७:३०

नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु


काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो ।

जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।