जनता टाइम्स

१ आश्विन २०७९, शनिबार ०९:२४

एमालेको पदयात्रामा उर्लियो मानवसागर


काठमाडौं, असोज १ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा आज उपत्यकामा वाकथन (पदयात्रा) गरेर मनाएको छ।

उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’कार्यक्रम गरेको हो ।

संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए। वाकथनक समापनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।