काठमाडौं, १ असोज । प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । यससँगै भदौ ३१ गते शुक्रबारका दिन बसेको राष्ट्रिय सभाको बैठकबाट भोली बिहान बस्नेगरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्