जनता टाइम्स

२ आश्विन २०७९, आईतवार ०८:५८

आजबाट अदालतको काममा फर्कन्छु : चोलेन्द्र


काठमाडौं, असोज २ । सत्तारुढ गठबन्धनको महाअभियोगसँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने हुनुभएको छ । आफूमाथि लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने बताउनु भयो ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा जबराले यस्तो बताउनु भएको हो । म आज ११ बजे अदालत जान्छु (काममा फर्कन्छु), ममाथि लगाईएको महाभियोग प्रमाणित भएन, जवराले भन्नुभयो ।

जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाईएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।

महाभियोग सिफारिश समितिले भने हिजो राति ढिलैगरि भएपनि सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।