काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।
भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नागरिकता बिद्येयकको बिषयमा राष्ट्रपतिसँग छलफल गर्न शितलनिवास जानुभएको बताएको छ ।
राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । सत्ता गठबन्धनले नागरिकता बिद्येयक प्रमाणिकरण गर्न दवाव दिएपनि राष्ट्रपतिलाई कानूनविदहरुले नै पेटभिटो प्रयोग गरी रोक्न सुझाएका छन ।













प्रतिक्रिया दिनुहोस्