जनता टाइम्स

४ आश्विन २०७९, मंगलवार १६:१३

आज थपिए ७४ जना कोरोना संक्रमित


काठमाडौं, ४ असोज । पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।

सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परिक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ ।