जनता टाइम्स

५ आश्विन २०७९, बुधबार १०:४५

राष्ट्रपतिको पक्षमा उभिए मेयर बालेन, आलोचकलाई दिए यति कडा जवाफ


काठमाडौं, असोज ५ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नागरिकता बिद्येयक प्रमाणिकरण नगर्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको निर्णय अत्यन्तै सही रहेको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाउनु भएको नागरिकता बिद्येयकलाई गठबन्धनले निर्णय गरेर जस्ताको तस्तै पठाएपछि राष्ट्रपति भण्डारीले प्रमाणिकरण गर्न अस्वीकार गर्नुभएको निर्णय अत्यन्तै सही रहेको मेयर बालेनले बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले संबिधान नमानेको आरोप गठबन्धन आवद्ध नेता र बुद्धिजिविहरुले लगाइरहँदा मेयर बालेनले प्रतिवाद गर्दै निर्णय सही रहेको र राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले मंगलवार मध्यरातीसम्म समय रहेको सो बिद्येयकलाई प्रमाणिकरण नगरी निश्कृय बनाउनु भएको छ । यस बिषयमा मेयर बालेनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो निश्कर्ष सुनाउँदै भन्नुभएको छ, ‘राष्ट्रियताको अडानप्रति राष्ट्रपतिको सही निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने छन ।’

नागरिकता बिद्येयक प्रमाणिकरण नगरेकोमा आम जनताले राष्ट्रपतिको प्रसंशा गरेका छन भने सत्ता गठबन्धनमा आवद्ध रहेको नेता कार्यकर्ता, कानून ब्यवसायीहरुले भने बिरोध गरेका छन । मुलुक जोगाउन राष्ट्रपतिले चाल्नुभएको कदम सही र उपयुक्त भएको जनमत भने बिरोधका आवाजभन्दा तेब्बर बढी रहेको छ ।