हेटौंडा, असोज ६ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको भीमफेदी गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ ।
दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य गरिरहेको र घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्