काठमाडौं, असोज ७ । ‘हैट थेगो’ बाट चर्चा कमाएका अभिनेता बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।
उनले अनु थिङसँग विवाह गर्न लागेका हुन्। मकवानपुरकी अनु र बुद्धको विवाह आज (शुक्रबार) भक्तपुरको एक पार्टी प्यालेसमा हुन लागेको हो।
बुद्धिले मागी विवाह गर्न लागेको उनी निकट कलाकारहरुले बताएका छन्। रंगमञ्चबाट उदाएका बुद्धि अहिले नेपाली फिल्म क्षेत्रमा रोजाइको कलाकारको रुपमा परिचय बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्