जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १७:५८

एमालेसँग तालमेलका लागि लोसपाले बनायो बार्ता समिति


काठमाडौं, असोज ७ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेसहितका अन्य दलसँग तालमेलको तयारी गरेको छ ।

वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गनुभएको हो । समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहनुभएको छ ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनमा एमालेसँगै मधेस केन्द्रित दलहरूसँग लोसपाले छलफल गरिरहेको छ ।