जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार २०:०३

ओलीको निर्देशन : एमालेविरुद्धको प्रहारलाई अरिंगाल बनेर बिरोधीलाई ध्वस्त पार्नुस


काठमाडौं, असोज ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन पार्टी पंतिलार्ई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय युवा संघको केन्द्रीय प्रचार बिभागले आज आयोजना गरेको राष्ट्रिय प्रचार भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । आगामी निर्वाचनमा मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै अध्यक्ष ओलीले पार्टीपंक्तिलाई सेचेत समेत गराउनु भयो ।

आफूले विगतमा पार्टीका युवालाई अरिंगल भएर जाइलाग्न दिएको निर्देशन स्मरण गर्दै अध्यक्ष ओलीले अव बिरोधीबिरुद्ध भलादमी बनेर चुप बस्न नहुने बताउनु भयो ।

‘मैले त्यसो भन्दा (अरिंगाल बनेर जाइलाग्न) मान्छेहरूलाई के के न भयो । अहिले पनि भन्छु, अरिंगल लगाउने नै हो । हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउनुहुन्छ, झुसे बारुला भएर खनिनुहुन्छ भने हामी अरिंगाल बन्न नहुने ? हाम्रा विरुद्ध फैलाउने झूट, भ्रम र गलत प्रचारलाई अरिंगल बनेरै ध्वस्त पार्नुपर्छ । फेरि ६ महिना कराउन यिनीहरू । एमालेको युवा पंति अरिंगाल हो । कराइराखुन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टीका युवाहरूले बाहिरबाट भइरहेको आक्रमणको सशक्त प्रतिवाद नगरेको पनि बताउनु भयो ।

‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एक जना नेताविरुद्ध धूमधामको आक्रमण भयो । तर, कोही बोल्दै बोलेन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मानिलिऊँ उ एक्लै छ जस्तो परिस्थिति सिर्जना भयो । कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे ।’

एक–दुईजनालाई लहड चल्यो भने कानून मिचेर चल्न पाइन्छ ? उनीहरूका यस्ता क्रियाकलापको विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यस कारण कडा प्रहार जरुरी छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने, गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ

अध्यक्ष ओलीले ठूलो बलिदानी र संघर्षपछि ल्याएको लोकतन्त्र एक–दुईजनाको लहडको विषय हुन नसक्ने पनि बताउनु भयो । ‘एक–दुईजनालाई लहड चल्यो भने कानून मिचेर चल्न पाइन्छ ? उनीहरूका यस्ता क्रियाकलापको विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यस कारण कडा प्रहार जरुरी छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने, गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।