जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १५:५४

सहकर्मी आक्रमण : दुई अमेरिकी सेना मारिए


काबुल, साउन १४

एक अफगान सैनिकले सोमबार दुई अमेरिकी सेनाको हत्या गरेका छन् । अफगानिस्स्तानका भएको यो पछिल्लो सहकर्मी आक्रमण हो । अफगानिस्तानमा भएको एक सैन्य कारबाहीका क्रममा आफ्ना दुई सैनिकले ज्यान गुमाएको अमेरिकी सेनाले सोमबार जानकारी दिएको छ । तर अमेरिकी सेनाले उक्त घटनाका बारेमा विस्तृत विवरण भने दिएको छैन ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारका प्रहरी उपप्रमुख मोहमद कसमले अमेरिकी सेनाले अफगान सैन्य अखडाको भ्रमण गर्नेक्रममा उक्त आक्रमण भएको बताउनु भएको छ । यस सहकर्मी आक्रमणमा परी दुई अमेरिकी सैनिक मारिनुको साथै अन्य घाइते भएका कसमले बताउनुभएको छ ।

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अमेरिकी सेनाको हत्या गर्ने व्यक्ति आफ्ना लडाकू नरहेको स्पष्ट गर्दै ती देशभक्त व्यक्ति अफगान सैनिक नै भएको दाबी गरेका छन् ।  कान्दाहार प्रान्तका गभर्नर प्रवक्ता बहिर अहमादीले अफगान सैन्य शिविरमा उक्त घटना भएको पुष्टि गर्नुभएको छ ।