जनता टाइम्स

८ आश्विन २०७९, शनिबार १४:३७

टिकट काटेरै आफ्नो पालामा ल्याइएको रेलमा केपी ओलीको यात्रा


जनकपुर, असोज ८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आली टिकट काटेर नेपाली रेल चढनुभएको छ ।

नेपालीलाई रेल र पानीजहाजको सपना देखाउँदा बिरोधीहरुको चर्काे आलोचनामा पर्नुभएका एमाले अध्यक्ष ओली आज आफ्नै सरकारका पालामा किनिएको र पुनः सन्चालनमा ल्याइएको रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया जानुभएको हो ।

जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुग्नुभएका ओली त्यहाँ रेलको टिकट काटेर पार्टी प्रवेश कार्यक्रमतर्फ लाग्नुभयो । धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरिया लोसपा त्यागेर एमाले प्रवेश गर्ने कार्यक्रमका लागि ओली दुई साताभित्रै दोस्रोपटक जनकपुर आइपुगनु भएको हो ।

ओली जनकपुरबाट रेल चढेर महिनाथपुर स्टेनशनमा उत्रिनु भएको थियो । उहाँसँगै सीटमा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो लगायतका नेता कार्यकर्ता पनि रेल चढेरै कार्यक्रमस्थल पुग्नुभएको हो ।